डिएमसीको शानदार जित

बुटवल, ८ जेठ (दैपस)– रुपन्देहीको शंकरनगरमा जारी स्व. किरण गुरुङ स्मृतिकप नकआउट फुटबल प्रतियोगिताअन्तर्गत बुधबार सम्पन्न खेलमा डिएमसी तुल्सीपर विजयी भएको छ । प्रतियोगिताको दावेदार मानिएको डिएमसीले बलियो प्रतिद्वन्द्वी युनाईटेड क्लब बुटवललाई १ का विरुद्ध ४ गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेको हो । डिएमसीको जितमा मनिष घिसिङले प्रतियोगिताको पहिलो ह्याट्रिक गरे । मनिषले प्रतियोगिताको २४आंै, ४५ औं र ६० औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् । डिएमसीका लागि चौथो गोल खेलको ५२औ मिनेटमा कृष्ण गुरुङले गरे ।
त्यस्तै पराजित युनाईटेड क्लब बुटवलका दीपकले खेलको ५१ आँै मिनेटमा टिमका लागि एकमात्र सान्त्वना गोल फर्काए । प्रतियोगिता अन्तर्गत आज बिहीबारको खेल एन्फा एकेडेमी बुटवल र लुम्बिनी ईन्टर स्पोर्टस क्लबका बीच हुने आयोजक लेकाली खेलकुद तथा सांगितिक मंच ड्राईभरटोलका संस्थापक अध्यक्ष तिलक नेपालीले जानकारी दिनुभयो ।
शंकरनगर निवासी स्व.समाजसेवी किरण गुरुङ्गको स्मृतिमा गत जेठ ३ गते देखि जारी प्रतियोगिताको फाईनल खेल आगामी जेठ १८ गते हुनेछ । आफ्नो साथीको १३ आँै दिनको पुण्य तिथिमा सहभागी बाग्लुङबाट बुटवल फर्किने क्रममा गुल्मी आईपुग्दा गुरुङ्गको गत बर्षको बैषाख ५ गते दुर्घटनामा परी निधन भएको थियो ।
जारी प्रतियोगिताको बिजेताले ३० हजार नगदसहित कप, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपबिजेताले नगद २० हजारको साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएका छन् । प्रतियोगितामा रुपन्देहीका १६ वटा क्लबहरुको सहभागिता रहेको छ ।

सडेन डेथमा फर्साटिकर विजयी

बुटवल, ७ जेठ (दैपस)– इइएफसी सुपौलीलाई सडेन डेथमा हराउदै फर्साटिकर युवा क्लव किरण गुरुङ स्मृति कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शंकरनगरस्थित चपरहट्टी खेल मैदानमा मंगलबार फर्साटिकरका रविले निर्णायक गोल गरे । खेलको निर्धारित समय २÷२ को बरावरी भएपछि खेल टाईब्रेकरमा पुगेको थियो ।
टाईब्रेकरमा पनि दुवै टिमबाट ४÷४ गोलको बराबरी भएपछि खेलको नतिजा सडेन डेथबाट निकालिएको हो । सडेन डेथको अवसरलाई इइएफसीले सदुपयोग गर्न सकेन । फर्साटिकरका गोल रक्षकले इइएफसीको प्रहारलाई नियन्त्रणमा लिएपछि नतिजा फर्साटिकरको पक्षमा गएको हो । यसअघि सोमबार सम्पन्न खेलमा सुनौलो संगम क्लवले योङ् व्याईज फुटबल क्लव खैरेनीलाई २–० ले हराएको थियो । सुनौलो संगमका लागि ढकबहादुर थापा र अजय थापाले १÷१ गोल गरेका थिए । प्रतियोगिता अन्तर्गत आज युनाइटेड एफसी बुटवल र डिएमसी तुल्सीपुरका बीच प्रतिस्पर्धा हुने बताइएको छ ।

अमरज्योतिलाई सफलता

मनोरञ्जन शर्मा
भैरहवा, ७ जेठ ।

भैरहवामा जारी तरुण दल अन्तर क्लब फुटबल प्रतियोगितामा मंगलबार सम्पन्न खेलमा अमरज्योति क्लब शान्तिनगरले माछापुच्छ«े क्लब झन्डी बजारलाई २—१ गेल अन्तरले पराजित गरेको छ ।
बेलहियाको स्थानीय श्रृजना स्कुलको खेलमैदानमा सम्पन्न खेलमा माछापुच्छ«े क्लबले सुरुमै गोल गरी अग्रता लिए पनि हार ब्यहोर्न पुग्यो । खेलको दशौं मिनेटमा सनि थापाले थापाले गोल गर्दै माछापुच्छ«ेलाई अग्रता दिलाएका थिए । तर अग्रता धेरै बेर टिक्न सकेन । अमर योतिका कृष्ण गुरुङ्गले २२ औं मिनेटमा गोल गर्दैै खेललाई बराबरीमा ल्याउन सफल भए ।
मध्यान्तरसम्म एक÷एक गोलको बराबरी रहेको खेलमा मध्यान्तरपछिको २४ मिनेटमा अमरज्योतिका कृष्णले नै थप १ गोल गरी २—१ ले अग्रता दिलाए । एक गोलले पछि परेको माछापुच्छ«े क्लबले गोल फर्काउने प्रयास अन्तसम्म गरे पनि सफल भने हुन सकेन । नेपाल तरुण दल सिद्धार्थनगर समिति वडा नम्बर १ को आयोजनामा बेलहियाको आयोजनामा सञ्चालित प्रतियोगिता अन्तरगत बुधबारको खेल ट्राभलर्स ११ बेलहिया र दरखसवा ११ बीच हुने आयोजक समितिका माधब शर्माले जानकारी दिनुभयो । प्रतियोगितामा विजेताले १० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ५ हजार र प्राप्त गर्नेछन् ।

तरुण दल अन्तर क्लब फुटबल भैरहवामा सुरु

गोर्खा ब्वाईज इण्डियाको बिजयी सुरुवात

मनोरञ्जन शर्मा
भैरहवा, ५ जेष्ठ ।

भैरहवामा सुरु भएको तरुण दल अन्तरक्लब फुटबल प्रतियोगितामा गोर्खा ब्वाईज क्लब नौतनवा भारतले बिजयी सुरुवात गरेको छ ।
नेपाल तरुण दल सिद्धार्थनगर समिती वडा नम्बर १ को आयोजनामा बेलहियाको श्रृजना स्कुलको मैदानमा सुरु भएको प्रतियोगिताको उदघाटन खेलमा गोर्खा ब्वाईजले ढाक्रे क्लब बिमानस्थललाई ३—१ गोल अन्तरले हराएको हो ।खेल सुरु भएको १५ मिनेटमा पाहुना टिम गोर्खा ब्वाईजका सुभाष आलेले गोल गर्दै अग्रता दिलाएका थिए ।
मध्यान्तर सम्म एक गोलको अग्रता रहेता पनि ५१ औ मिनेटमा ढाक्रे क्लबका रामु थापाले गोल फर्काउदै खेल बराबरीमा ल्याएका थिए । लगत्तै गोर्खा ब्वाईजका रोहीत गुरुंगले गोल गर्दै खेललाई २—१ अन्तरमा पुरयाउन सफल भए ।
६५ मिनेटमा सुभाष आलेले ब्यक्तीगत दोश्रो गोल गरी अन्तर ३—१ पुरयाउन सफल भए । ढाक्रे क्लबले अन्त सम्म गोल फर्काई खेलमा फर्कने केही राम्रा प्रयास गरे पनि सफल भने हुन सकेन् ।
प्रतियोगितामा ढाक्रे क्लब बिमानघाट,माछापुच्छे« क्लब ,कृषी क्याम्पस,न्यु स्टार क्लब,अमरज्योति क्लब,दरखसवा युबा क्लब, रिकभरींग क्लब, रंगशाला ११, भुपु सैनिक ११, मालटोल ब्वाईज, बसपार्क ११, कालिकास्थान क्लब र ट्राभलर्श ११ तथा गोर्खा ब्वाईज क्लबन नौतनवा भारत गरी १४ क्लबको सहभागीता रहेको आयोजक समिती का संयोजक तथा तरुण दल वार्ड नम्बर १का अध्यक्ष मिन बहादुर गुरुंगले बताउनु भयो ।
प्रतियोगिताको स्थानिय समाजसेबि तथा जेसिआई सिद्धार्थका पुर्ब अध्यक्ष देबराज न्यौपानेले रेफ्रिलाई बल हस्तान्तरण गरी उदघाटन गर्नु भएको थियो ।
सो अबसरमा नेपाली कांग्रेस रूपन्देहीमा महाअधिबेशन प्रतिनिधी सोम गुरुंग (सेते),तरुण वार्ड सदस्य मोहन शाही राजु लगायतले फुटबल खेलको महत्वका बारेमा जानकारी गराउनु भएको थियो ।
प्रतियोगितामा बिजेताले १० हजार रूपैया र ट्रफी तथा उप बिजेताले ५ हजार र प्राप्त गर्नेछन् । सोमबार बसपार्क क्लब र न्यु स्टार क्लब बिच प्रतियोगिता हुने प्रतियोगिताका प्रचार प्रसार समिती सदस्य सुमित प्रधानले बताउनु भयो ।

किम्बर्लीमा बेल्ट टेष्ट तथा डोजो उद्घाटन

बुटवल, ४ जेठ (दैपस)– श्री किम्बर्ली किन्डर गार्टेन स्कुल अमवा सर्जुगन्जमा सितेरियो कराते ग्रेडिङ्ग बेल्ट टेष्ट तथा डोजो उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालयका संस्थापक अध्यक्ष राजु थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बुटवल पब्लिक स्कुलका संस्थापक हेमलाल भुसालको प्रमुख आतिथ्यता तथा विद्यालयका प्रिन्सिपल शोविता थापाको विशिष्ट आतिथ्यतामा कार्यक्रम सञ्चालन भएको थियो । स्कुल इन्चार्ज यज्ञ कार्कीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमलाई कालीदास खनालले सञ्चालन गर्नुभएको थियो ।
उक्त सितेरियो कराते ग्रेडिङ्ग बेल्ट टेष्ट कार्यक्रममा कुल पचास विद्यार्थी खेलाडीहरूले सहभागिता जनाएका थिए । जसमा ह्वाइट बेल्टमा १५ जना, अरेन्ज बेल्टमा १६ जना खेलाडीहरूको सहभागिता रहेको थियो ।
त्यस्तै अरेन्ज–ग्रीन बेल्टमा कुल १९ जना खेलाडीहरूको सहभागिता रहेको थियो । करिब चार घण्टासम्म चलेको उक्त कार्यक्रममा बोल्ने वक्ताहरूले यस्ता खालका कार्यक्रमहरू हरेक निजी तथा संस्थागत विद्यालयहरूले अनिवार्य रूपमा गर्नुपर्ने धारणा व्यक्त गरेका थिए । त्यस्तै यस्ता खालका कार्यक्रमहरूलाई आफ्नोतर्फबाट पनि सक्दो सहयोग र समर्थन रहने समेत उपस्थित अतिथि तथा वक्ताहरूले बताएका थिए ।
डोजो उद्घाटन तथा ग्रेडिङ्ग कार्यक्रम सितेरियो करातेका केन्द्रिय सदस्य अमिर राई, अन्तर्राष्ट्रिय रेफ्री माधव घिमिरे र राष्ट्रिय रेफ्री कृष्णप्रसाद देवकोटाको उपस्थितिमा सम्पन्न भएको थियो ।

विद्यालय खेलकुदमा देशभरका २० लाख खेलाडी सहभागी हुने

काठमाडौं, ३ जेठ (दैपस)– यही जेठ २७ देखि काठमाडौँमा प्रथम राष्ट्रिय विद्यालय खेलकुद–२०७० (जुनियर च्याम्पियनसिप) आयोजना हुने भएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव युवराज लामाले दिनुभएको जानकारीअनुसार प्रतियोगितामा देशभरका प्रावि, निमावि र मावि तहका सरकारी र गैरसरकारी विद्यालयमा अध्ययनरत करिब २० लाख खेलाडीको सहभागिता रहने छ ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सदस्य सचिव लामाले भन्नुभयो, ‘जबसम्म विद्यालयस्तरदेखि नैै खेलकुदको विकास हुँदैन तवसम्म समग्र खेलकुदको विकास सम्भव छैन त्यसैले हामीले यस वर्षदेखि नयाँ योजनाका साथ यो वार्षिक कार्यक्रम तय गरेका हौँ ।’
‘अनिवार्य खेलकुद हाम्रो अभियान’ भन्ने मूल नाराका साथ सञ्चालन हुन लागेको प्रतियोगितामा भाग लिने विद्यालयले यही जेठ ७ गतेसम्म खेलाडी दर्ता गरिसक्नुपर्ने राष्ट्रिय खेलकुद विकास बोर्डले जनाएको छ । हिसान, प्याब्सन र एनप्याब्सनको सह आयोजना तथा राष्ट्रिय खेलकुद विकास बोर्डको आयोजनामा हुन लागेको प्रतियोगिताका लागि जेठ ९ देखि १५ गतेसम्म जिल्लास्तरीय प्रतियोगिता र १६ देखि २५ गतेसम्म क्षेत्रीय प्रतियोगिता सञ्चालन गर्ने हिसानका अध्यक्ष उमेश श्रेष्ठले बताउनुभयो ।
प्रतियोगितामा महिला तथा पुरुष बास्केटबल, चेस, भलिबल, फुटबल, कराँते, उसु, एथ्लेटिक्स, क्रिकेट, कबड्डी, तेक्वान्दो हुनेछ भने खुल्लातर्फ ब्याडमिन्टन, टेवलटेनिस, पौडी र बाघचाल गरी १४ वटा खेल समावेश गरिएको छ ।
प्रतियोगितामा १२ देखि १६ वर्ष उमेरका खेलाडीको सहभागिता रहने छ ।
प्रतियोगिता अन्तर्गत पुरुष तेक्वान्दोमा ४५, ४८, ५१, र ५५ तथा महिलामा ४२, ४४, ४६ र ४९ केजी तौलमा प्रतिष्पर्धा हुनेछ । त्यसैगरी पुरुष कराँतेमा ३७, ४२, ४७ र ५२ तथा महिलातर्फ ३५, ४०, ४५ र ५० केजी तौलमा प्रतिष्पर्धा हुने छ । उसुको पुरुष र महिलामा चाङ क्वान, नान क्वान, ताईजी क्वान र ब्रोड स्वर्ड प्ले बिधामा प्रतिष्पर्धा हुने छ । पुरुष र महिला दुबै समूहका खेलाडी संख्या चार रहने जनाइएको छ ।

मेघराज केसी फ्रेण्ड्स क्लबका नयाँ प्रशिक्षक

काठमाडौं, ३१ वैशाख (दैपस)– प्रभावशाली नेपाली फुटबल प्रशिक्षक मेघराज केसी फ्रेण्ड्स क्लबको नयाँ प्रशिक्षकमा नियुक्त भएका छन् । हिमालयन शेर्पासँगको सम्झौता सकिएपछि केसी कुपण्डोलको क्लब फ्रेण्डस् गएका हुन् ।
‘हिमालयन शेर्पासँगको सम्झौता गत चैतमा सकियो । म अब १ वर्षका लागि फ्रेण्डस्मा गएको छु’, केसीले भन्नुभयो । ए डिभिजन सुपर लिगमा पनि उनी हिमालयन शेर्पाबाट लोनमा फ्रेण्डस् गएका थिए । श्रोतका अनुसार केसीले मासिक करिब ४० हजार पाउनेछन् ।
केसी टिम बनाउन व्यस्त छन् । राष्ट्रिय टोलीका कप्तान सागर थापा, जगजित श्रेष्ठ, प्रकाश बुढाथोकी र डोडोजले क्लब छाडेपछि फ्रेण्डस्मा राम्रा खेलाडीहरुको अभाव छ । ‘नाम चलेका खेलाडीहरु अब बाँकी रहेनन् । समग्रमा राम्रो प्रदर्शन गरेका खेलाडीहरुलाई लिएर टिम बनाउँदैछु’ केसीले भन्नुभयो–’७÷८ जना खेलाडी भिœयाएको छु । टिम तयार भएपछि घोषणा गछौं ।’
उहाँका अनुसार अहिले इन्जिनियरिङ क्याम्पसको पुल्चोक मैदानमा अभ्यास चलिरहेको छ । ‘जेठ ९ गतेबाट हुने गोर्खा कप फुटबललाई हामीले अभ्यासका रुपमा लिएको छौं’ उहाँले भन्नुभयो–‘त्यसमा कस्तो प्रदर्शन हुन्छ । त्यस आधारमा लिगको लक्ष्य निर्धारण गछौं ।’
केसी नेपाली फुटबलका एक सफल र प्रभावशाली प्रशिक्षकका रुपमा समेत चिनिन्छन् । यसअघि लिगमा अन्य क्लबहरुलाई समेत प्रशिक्षण दिएर लिगमा उत्कृष्ट प्रशिक्षकको उपाधि समेत हात पारेका केसीलाई नयाँ र उदयीमान खेलाडी उत्पादन गर्ने प्रशिक्षकका रुपमा समेत चिनिन्छ ।

मगरात राज्यस्तरीय महिला भलिबल प्रतियोगिता सम्पन्न

रुकुम, २९ वैशाख (दैपस)– प्रथम मगरात राज्यस्तरीय खेलकुद प्रतियोगिताअन्तर्गत सल्यानमा सञ्चालित महिला भलिबल प्रतियोगितामा बागलुङले प्रथम स्थान हासिल गरेको छ ।
अखिल नेपाल खेलकुद महासंघ मगरात राज्य समितिको आयोजनामा सम्पन्न उक्त प्रतियोगितामा रोल्पा र सल्यान क्रमशः दोस्रो र तेस्रो स्थान हात पार्न सफल भएका छन् । प्रथम स्थान हात पारेको बाग्लुङले शिल्ड, मेडल, प्रमाणपत्र र नगद २० हजार रूपैयाँ प्राप्त गरेको छ भने दोस्रो हुने रोल्पाले मेडल, प्रमाणपत्र र नगद १५ हजार तथा तेस्रो हुने सल्यानले मेडल, प्रमाणपत्र र नगद १० हजार रूपैयाँमा चित्त बुझाएका छन् ।
गत बिहीबारबाट सुरु भएको प्रतियोगितामा रोल्पाकी भावना बुढा उत्कृष्ट खेलाडीमा छनोट हुनुभएको छ । वेस्ट स्पाइकरमा बाग्लुङकी बेबी काउछा र वेस्ट सटरमा बाग्लुङकै गीता थापा घोषित हुर्नुभएको छ । प्रतियोगितामा विभिन्न छ जिल्लाका समूहले सहभागिता जनाएको आयोजकले जानकारी दिएको छ । सहभागी जिल्लालाई एक÷एकवटा भलिबल प्रदान गरिएको थियो । यसैबीच आगामी जेठ २० र २१ गते बागलुङमा सितेरियो कराँते र उसु प्रतियोगिता हुने भएको छ ।

मलेसियालाई ७ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा

क्वालालम्पुर, २५ वैशाख– नेपाली युवा क्रिकेटरहरूले पनि मलेसियामा सफलताको यात्रालाई निरन्तरता दिइरहेका छन् । मलेसियामा जारी अन्डर–१९ एसीसी एलिट कप क्रिकेटमा नेपालले आयोजक मलेसियालाई ७ विकेटले हराएको छ ।
मलेसियाको किन्रारा मैदानमा बुधबार भएको खेलमा घरेलु टोली मलेसियालाई हराउँदै नेपाल समूह बी को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो ।
बुधबार मलेसियाले मात्र २२ दशलव ४ ओवर खेल्दै दिएको ७० रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको नेपालले २४ दशमलब ४ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टाउन सफल भएको थियो । घरेलु टोलीको ब्याटिङ्ग लाईन ध्वस्त पार्ने क्रममा उत्कृष्ट फर्ममा रहेको अविनाश कर्ण एक्लैले ६ विकेट लिए । त्यस्तै कप्तान भुवन काकर्मीले २ तथा यज्ञमान कुमार र शुसान्त भारीले १÷१ विकेट हात पारे । त्यस्तै ब्याटिङ्गमा नेपालका लागि हरिशंकर शाहले नटआउट २८ रनको योगदान दिए । यस्तै बिभात्सु थापाले १७, अमित श्रेष्ठले १०, निश्चल पाण्डेले ७ तथा निर्मल थापाले ३ रन जोडे । शानदार बलिङ्ग गरेका नेपालका अविनाश कर्ण बुधबारको खेलम म्यान अफ दि म्याच घोषित भए । आफ्नो चार वटै खेलमा जित हात पारेको नेपाल ८ अंकका साथ शिर्ष स्थानमा छ ।
त्यस्तै आयोजक मलेसिया भने ४खेलमा ३ जित र १ हारसँगै ६ अंकका साथ दोस्रो स्थानमा भने कुवेत, बहराईन र कतार क्रमशः तेस्रो, चौथो र पुछारमा रहेका छन् । समूह बी मा रहेको नेपालले यसअघि कुवेत, बहराईन र कतारलाई पनि पराजित गरेको थियो ।

बराबरीमै रोकियो थ्रीस्टार

काठमाडौं, २४ वैशाख (दैपस)– मंगलबारदेखि राजधानीमा शुरु एएफसी प्रेसीडेन्ट्स कप फुटबलमा नेपाल लिग च्याम्पियन थ्रीस्टारले बराबरीसँगै प्रतियोगिताको शुरुवात गरेको छ । मंगलबार दशरथ रंगशालामा सम्पन्न दोस्रो खेलमा थ्रीस्टारले बंगलादेशको अवहानीसँग एक÷एक गोलको बराबरी खेलेको हो ।
यद्यपि खेलमा अग्रता लिने काम भने थ्रीस्टारले गरेको थियो । पहिलो हाफको १६ औं मिनेटमा प्राप्त फ्रिकिकलाई उउयीमान मिडफिल्डर जगजित श्रेष्ठले ३० यार्ड टाढाबाट प्रहार गर्दै सुन्दर गोलमा परिणत गरेका थिए । तर थ्रीस्टारको सो अग्रता धेरै बेर टिक्न सकनेन । पहिलो हाफकै ३८ औं मिनेटमा अवहानीका ताहिदुलले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याईपु¥याएका थिए ।
मंगलबारको खेलमा थ्रीस्टारका लागि नायक र खलनायक दुवै जगजित हुन पुगेका थिए । पहिलो हाफमा शुरुवाती गोल गर्दै अग्रता दिलाएका उनले दोस्रो हाफमा प्राप्त पेनाल्टीलाई खेर फाल्न पुगेका थिए ।
दोस्रो हाफ अन्तर्गत विपक्षीका खेलाडीले थ्रीस्टारका प्रकाश बुढाथोकीलाई डि बस्कभित्र लडाएपछि थ्रीस्टारले पेनाल्टीको अवसर पाएको थियो । जसलाई जगजितले सदुपयोग गर्न सकेनन् । खेलमा थ्रीस्टारले राम्रो खेल्दै प्राप्त अवसरलाई सदुपयोग गर्न सकेन ।
मंगलबार अवहानीविरुद्ध थ्रीस्टारले यसै सिजनमा अनुवन्ध गरेको जगजित श्रेष्ठ, सबिन्द्र श्रेष्ठ, सरोज दाहाल, प्रकाश बुढाथोकी र जिका डोडोजलाई पहिलो रोजाईमै मैदानमा उतारेको थियो । थ्रीस्टार क्लब सन् २००५ मा सम्पन्न एएफसी प्रेसीडेन्ट्स कपको सेमिफाइनलिस्ट समेत हो । र यो उसको प्रतियोगितामा दोस्रो सहभागिता समेत हो । मंगलबार नै सम्पन्न प्रतियोगिता अन्र्तगतको दोस्रो खेलमा ताईवानको ताईवान पावर कम्पनी र कम्बोडियाको ईर्चिमले गोलरहित बराबरी खेलेका थिए ।

नेपाल यु–१९ एलिटकपको सेमिफाइनलमा

क्वालालम्पुर, २३ वैशाख– मलेसियामा जारी एसीसी यु–१९ एलिटकप क्रिकेट प्रतियोगितामा नेपालले लगातार तेस्रो जित दर्ता गरेको छ ।
जितसँगै नेपालले अन्तिम चारको यात्रा समेत पक्का गरेको छ । सोमबार मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल मैदानमा भएको खेलमा नेपालले बहराईनलाई १ सय ९६ रनको भारी अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । सोमबार नेपालले दिएको २ सय ६० रनको विजयी लक्ष्यका साथ मैदान उत्रिएको बहराईनले २१ ओभरमा सबै विकेट गुमाउँदै मात्रै ६३ रनमै खुम्चिन पुगेको थियो ।
नेपाली बलरसामू निरिह देखिएका बहाराईनका लागि अक्षय कृष्ण नटआउट २२ तथा लालिथ लालले १७ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यान खासै चल्न सकेनन् । बहराइनका पाँच व्याट्सम्यान खाता नै नखोलि पेभिलियन फर्केका थिए ।
बहराईनलाई सस्तैमा समेट्न नेपालका लागि अभिनाश कर्णले किर्तिमानी ८, तथा कप्तान कार्की र राहुल प्रताव सिंहले समान एक÷एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आफ्नो ९ विकेट गुमाउँदै २ सय ५९ रनको योगफल तयार पारेको थियो । नेपालका लागि कप्तान भूवन कार्कीले सर्वाधिक ८३ रनको योगदान दिए । उनले ६३ बलको सामना गर्दै तीन छक्का र आठ चौका समेत प्रहार गरे । यसैगरी बिबत्सु थापाले ४४, निर्मल थापाले २५, अमित श्रेष्ठले २२ तथा निश्चल पाण्डेले १६ रन जोडे । यस्तै पवन श्रेष्ठले १३ तथा हरिशंकर शाहले १० रनको योगदान दिएका थिए । यसअघिका दुई खेलमा नेपालले कुवेतलाई ८४ रनले र कतारलाई ९ विकेटले पराजित गरेको थियो ।

अविनाशको कीर्तिमान
क्वालालम्पुर, २३ वैशाख– बहराइनविरुद्धको खेलमा अविनाश कर्णले ८ विकेट लिए । योसँगै कर्ण अन्डर १९ क्रिकेट टोलीमा अन्तर्राष्ट्रिय खेलमा ह्याट्रिक गर्ने पहिलो बलर बनेका छन् । कर्णले तेस्रो ओभरका अन्तिम तीन बलमा लगातार ३ विकेट झारेका थिए । यसअघि शक्ति गौचनले गत वर्È दुवईमा भएको ट्वान्टी–ट्वान्टी विश्वकप छनौट क्रिकेटमा डेनमार्कविरुद्धको खेलमा ह्याट्रिक गरेका थिए । गौचन अन्तर्राष्ट्रिय क्रिकेटमा ह्याट्रिक गर्ने पहिलो नेपाली खेलाडी हुन् ।

नेपाललाई पहिलो सफलता

हेमिल्टन, १९ वैशाख– आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन थ्रीमा नेपालले पहिलो जित दर्ता गरेको छ । लगातार दुई हार व्यहोरेको नेपालले बुधबार भएको खेलमा आयोजक बर्मुडालाई ८ विकेटले पराजित गरेको हो । जितसँगै नेपालको शीर्È दुईमा पर्दै डिभिजन २ मा उक्लने गणितीय सम्भावना कायमै छ भने डिभिजन थ्रीमा रहिरहन पनि बर्मुडाविरुद्धको जित महत्वपूर्ण छ । नेपालले बिहीबार ओमानलाई हराएर मात्र पुग्दैन, इटलीलाई पनि हराउनु पर्छ र अंक तालिकाको शीर्È दुई टोली अमेरिका र युगाण्डाको खेलमा भर पर्नुपर्छ ।

रूपन्देहीको तेक्वान्दो टिम काठमाडौं प्रस्थान

मनोरञ्जन शर्मा
भैरहवा, १८ वैशाख ।

आज (वैशाख १९)बाट काठमाडांैमा सुरु हुने दोश्रो नेको जुनियर राष्ट्रिय तेक्वान्दो प्रतियोगिताका सहभागी हुन रूपन्देही तेक्वान्दो टिम काठमाडांै प्रस्थान गरेको छ । सहभागिता जनाउन हिंडेको टिम तथा प्रशिक्षकलाई एक कार्यक्रमका बीच जिल्ला तेक्वान्दो संघ रूपन्देहीका अध्यक्ष पराग दास गोर्खाली, सहकोषाध्यक्ष सचिन रोका, सदस्य रमेश कुँवर, लुम्बिनी निर्माण व्यवसायी संघका कार्य समिति सदस्य प्रयास खड्कालगायतले विदाई गर्दै उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिनुभएको थियो । काठमाडांै प्रस्थान गरेका खेलाडीहरूमा गेरुगी (स्पायरीङ) तर्फ महिला ४२ केजी तौल समूह मुनिमा अनु नेपाली, ४२ देखि ४४ केजीतर्फ सपना नेपाली, ४४ देखि ४६ केजीतर्फ अनिता बिसी,४६ देखि ४९ केजीतर्फ अलिशा क्षेत्री र ४९ केजीदेखि ५१ केजीतर्फ एलिसा के.सी. रहेका छन् भने पुरुष गेरुगी (स्पायरीङ) तर्फ ४५ केजी तौल मुनी नवराज बस्नेत, ४५ देखि ४८ केजीतर्फ रामु पौडौल, ४८ देखि ५१ केजीमा शैलेस पासी,५१ देखि ५५ केजीमा सुनिल पौडौल र ५५ देखी ५९ केजीसम्म किरन आले छन् ।
त्यस्तै गरी पुम्सेतर्फ एकल महिला रातो पेटीमा सुनिता नेपाली, एकल महिला कालो पेटीमा नीतु आले, एकल पुरुष रातो पेटीमा नवीन गुरुङ, एकल पुरुष कालो पेटीमा प्रशान्त राना र जोडी पुम्सेतर्फ नवराज बस्नेत तथा सुनिता नेपालीले सहभागिता जनाउने छन् । टिमको प्रशिक्षकमा प्रितम पुन रहेका छन् ।
उनीहरूलाई एक हप्तासम्म भैरहवामा आठौं साग गेम्सका स्वर्ण पदक विजेता कोसिस खड्का तथा जिल्लाका तेक्वान्दो प्रशिक्षक प्रकाशमान राजभण्डारीले प्रशिक्षण दिनुभएको थियो ।

test