साँघुरोबाट फराकिलो सुरुवातु
यतिवेला बजारमा साँघुरोको चर्चा व्यापक छ । हलहरूमा दर्शकको चाप त्यत्तिकै छ । चलचित्र विश्लेषकहरू भन्दैछन्, –‘साँघुरो चलचित्रले फराकिलो आश गराएको छ, रेकर्ड राख्ने चलचित्रको सूचीमा यो चलचित्र पनि पर्छ ।’ रूपन्देहीको मणिग्राम जन्मिएका जोएस पाण्डेको निर्देशनमा बनेको साँघुरोले काठमाडांै, हेटौंडा तथा विभिन्न ठाउँमा दोस्रो हप्तामा प्रवेश गरेको छ भने कतै हल हाउसफूल भएका छन् । निराशाजनकतर्फ धकेलिरहेको चलचित्र उद्योगलाई फेरी एकपटक आशाको केन्द्रतिर फर्काउन सफल छन् निर्देश्क पाण्डे । ओस्कार कलेज अफ फिल्म स्टडिजबाट स्नातक पास गर्ने पहिलो विद्यार्थी हुन् उनी । पुरुषोत्तम पाण्डे र कला पाण्डेका कान्छा छोरा उनै निर्देशक पाण्डेसँग दैनिक पत्रका लागि रामजी ज्ञवालीको कुराकानी ।
कस्तो पाउँदै हुनुहुन्छ साँघुरोको प्रतिक्रिया ?
– एकदमै राम्रो । हेटांैडामा दोस्रो हप्तामा गएको छ, नारायणघाटमा हाउसफूल, काठमाडांैका दुई फिल्म हलमा दोस्रो हप्तामा प्रवेश गरेको छ भने बुटवलबाट लागेको पहिलो दिनमै राम्रो प्रतिक्रिया आएको छ । साँघुरोसँग प्रतिस्पर्धा गर्दै आएका अन्य चलचित्रलाई पछि पारेको र बढि राम्रो प्रतिक्रिया पनि साँघुरोको नै छ । फिल्म नलागेको ठाउँदेखि साँघुरो हेर्न निकै लालाहित छन् भन्ने कुरा आएको छ । चलचित्र उद्योगकै इज्यत राख्ने तरिकाले बनाइएको थियो, प्रतिक्रिया पनि निकै राम्रो आयो ।
कति वर्षको मेहनतको प्रतिफल पाउँदै हुनुहुन्छ अहिले ?
– झण्डै ९ वर्षको मेहनत हो । मैले चलचित्र अध्ययन गर्दादेखि नै कसरी चलचित्र राम्रो बनाउनेहोला भनेर सोच्थें ।
करिअरका लागि अरू बाटा पनि थिए, चलचित्र क्षेत्रमा नै किन आउनुभएको ?
– मान्छेले हरेक कार्यवाट करिअरको आशा गरेको हुन्छ, म पनि गरेको छु त्यो सामान्य कुरा भयो । विशेष त मेरो रुचीको सव्जेट थियो चलचित्र, वाल्यकालदेखि नै नेपाली चलचित्र हेर्ने गर्थें, चलचित्र हेरेपछि जस्ताको तस्तै किसिमले सुनाउने क्षमता थियो । मैले अरू क्षेत्रमा भन्दा चलचित्र क्षेत्रमा नै केही गरांै भन्ने भयो ।
चलचित्र क्षेत्रमा हात हालेको पहिलो पटक नै सफलता हात पार्नुभयो, अहिले के पाएँजस्तो लाग्दैछ यो क्षेत्रमा आएर ?
– सिंगाें चलचित्र उद्योग धरासायी बन्दै गएका वेला प्रशंसा राम्रो पाएँ, रेस्पोन्स राम्रो पाएँ, दर्शकवाट धेरै राम्रो प्रतिक्रिया पाएको छु । मैले गरेको प्रयास सफल हुँदैछ । मैले सवैभन्दा ठूलो कुरा सन्तुष्टि पाएको छु । यहि नै हो ।
यो क्षेत्रमा नलागेको भए अहिले कहाँ के गर्दै हुनुहुन्थ्यो होला ?
– मेरो सानैदेखिको रुची भएका कारण मैले अन्य कुनै पनि पेशा सोंचिन । सायद मैले चलचित्र क्षेत्र नसोचेको भए अहिले कुनै खाँडी मुलुकमा काम गर्दै हुन्थें होला ।
चलचित्र वाहेक तपाईका अन्य रुचीहरू के के ?
ः मलाई किताव पढ्न, रमाइलो ठाउँको यात्रा गर्न मन लाग्छ, नयाँ ठाउँको स्टडि गर्दै घुम्न पनि उत्तिकै मन पर्छ । कुनै पनि यात्रालाई सम्झनलायक बनाउन खोज्छु म जहिले पनि ।
मुभी हेर्न चाहिँ कत्तिको मन पर्छ ?
– ठिकै हेर्छु । फुर्सद हुँदा चलचित्र राम्रै हेरेको हुन्छु ।
पहिलोपटक हेरेको चलचित्र सम्झनुहुन्छ ?
– पहिलो पटक हेरेको चलचित्र ठ्याक्कै सम्झिएन, सायद हलमा पुगेर हेरेको ‘लाहुरे’ हो ।
कस्ता खालका मुभी वढि रुचाउनुहुन्छ ?
– रियालिटीसँग नजिक रहेको कुनै पनि चलचित्र हेर्छु । फुर्सदको समयमा यस्ता खालका चलचित्र हेर्न वहुत मन पर्छ ।
तपाईले पनि चलचित्र क्षेत्रमा काम गर्दै गर्दा, नेपाली चलचित्रको अवस्था चाहिँ कस्तो देख्नुहुन्छ ?
– अब केही हुन्छ कि भन्ने संकेत मात्रै देखा परेको अवस्थामा साँघुरोले केही सहयोग गरेको छ । तर एउटा चलचित्रले र एउटा मान्छेको सहयोगले मात्रै केही हँुदैन । चलचित्र उद्योग र क्षेत्रको सफलताका लागि हरेक व्यक्तिको र साँघुरो जस्ता रिलिजमा आउने चलचित्रले नै सहयोग गर्ने हो । यस्तै प्रयासले मात्रै चलचित्र उद्योगले फड्को मार्छ कि जस्तो लाग्छ । एउटा मान्छेले मात्रै चाहेर केही हुँदोरहेनछ भन्ने कुरा वुझ्नुपर्छ । सम्पूर्ण चलचित्रकर्मी एक भएर साथ दिएर सिंगो चलचित्रका भलो चाहेर अगाडि बढ्नुपर्छ । गृहकार्य धेरै गर्नुपर्छ, यहाँ धेरैको वानी गृहकार्य कम गर्ने तर वढि आशा राख्ने चलन बढी छ ।
सवैभन्दा खुसीको एउटा क्षण सम्झनुस् न ?
– मेरो सानैदेखि चलचित्र क्षेत्रतिर रुची थियो । मेरो रुची बढ्दै गर्दा चलचित्र पढाउने कलेज थिएनन् । चिन्ता लाग्थ्यो । यसैबीचमा ओस्कार कलेज अफ फिल्म स्टडिज नेपालमा पहिलो पटक खुल्दा निकै खुसी लाग्यो । पहिलो दिन उक्त स्कुलमा पढ्न पाउँदा जति खुसी केही भएन ।
देशले तपाईवाट के खोजिरहेको छ जस्तो लाग्छ ?
– साँघुरोमा जसरी प्रयास गरें त्यस्तै किसिमले चलचित्र उद्योगले यसरी नै लामो समयसम्म निरन्तरता चाहन्छ जस्तो लाग्छ ।
चलचित्र क्षेत्रमा आउन खोज्ने युवा पुस्तालाई के भन्नुहुन्छ ?
– चलचित्र रहरले बनाउने हैन, राम्रोसँग अध्ययन गरेर आउनुस् भन्छु पहिलो कुरा । पढेर र ज्ञान लिएर र अनुभव वटुलेर मात्रै आउने हो भने सफल भइन्छ । जुन चलचित्र कहिल्यै मर्दैन ।
स्याङ्जामा रमाइलो मेला आज सकिंदै
दैनिक पत्र संवाददाता
स्याङ्जा, ३१ वैशाख ।
यहाँको प्रगतिनगर युवा क्लबले गत २५ गतेदेखि आयोजना गरेको रमाइलो मेला आज सकिंदै छ । जिल्लावासीहरुलाई जनचेतनाको विकास गराउने, व्यापारिक क्षेत्रलाई बढी प्रभावकारी रुपामा फराकिलो बनाउने, सिर्जनशील युवाहरुलाई क्षमता विकास गराउने, छिमेकी छिमेकीबीच भाइचारको सम्बन्ध बढाउने र बेरोजगारको मर्म राज्यसँग राखी घच्घचाउन सक्ने बाटो पैदा गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको मेला कार्यक्रम संयोजक विष्णु श्रेष्ठले बताउनुभयो ।
लोक गायक रामजी खाँड, दीपक थापा, ज्योति लोहनी, पुरुषोत्तम न्यौपाने, कृष्ण गुरुङ, हास्यकलाकार जितु नेपाल र पोखरेली धुर्मुस र माग्ने बुढालगायत राष्ट्रिय तथा स्थानीय कलाकारको उपस्थिति रहेको छ । मेलाको मुख्य आकर्षण भनेको ठूलो घुम्ने पिङ र बच्चाको लागि सानासाना पिङ रहेका थिए । समाजमा एकता ल्याउनुपर्छ भन्ने भावनाका साथ प्रगति युवा क्लबले प्रथम पटक मेलाको आयोजना गरेको हो । मेलामा उठेको रकमले वातावरणमा विशेष ध्यान पु¥याउने, बाटोघाटो, नदीनालालगायतको सरसफाई तथा मर्मत गर्ने र बाँकी रकम प्रत्येक वडामा रहेका टोल विकासलाई सामाजिक कामको लागि खर्च गर्न आग्रह गर्दै रकम बुझाउने आयोजक समितिले बताएको छ । यस्तो खालको मेला यस क्षेत्रमा पहिलो पटक भएकाले दर्शकहरुको ओइरो लागेरहेको छ ।
चलचित्र अभिनयपछि वुवाको साथ
बुटवल । उनका वुवा र आमाको सम्बन्ध विच्छेद भएपछि न वुवाको माया पाए न त आमाको नै । वुवाले दोस्रो श्रीमती घरमा भित्राउने वित्तिकै बाहिर बस्दै आएका उनी त्यसपछि आफ्ना हजुरवुवाको घरमा बस्दै आएका थिए । पैसाको अभावमा पारी वुटवल मैनावगरको एक ग्यारेजमा काम गर्दै आएका १३ वर्षीय सुजन थापालाई चलचित्र ‘मन्जरी’ मा अभिनय गरेपछि मात्रै वुवाले माया दिन थालेका छन् ।
लामो समय वास्ता नै नगरेका उनका वुवाले चलचित्रमा अभिनय गरेकै छोरालाई लिन आएको दैनिक पत्रसँग सुजनले भने । ‘आमाले छाडेर गएपछि तत्कालै वुवाले पनि छाड्नुभयो, सुजनले भने, ‘त्यसपछि मैले ग्यारेजका काम गर्न थालेको थिएँ ।’ दोस्री श्रीमतीसँग पोखरा बस्दै आएका उनका वुवा चलचित्र मन्जरी युनिटसँग छोरो माग्न आएको चलचित्रका निर्देशक गणेशदेव पाण्डेले बताए । ‘हामीले पढाउने भनेरै काठमाडौं ल्याएका थियौं, निर्देशक पाण्डेल भने,–‘वुवा छोरो माग्न आएपछि भने पठायौं । ’ वैशाख २० गतेदेखि अल नेपाल रिलिज हुँदै गरेको मन्जरीका निर्देशक पाण्डेले छोरोलाई पढाउने भनेर सम्झाईवुझाई गरेको समेत बताए । चलचित्रको चर्चा बढ्दै जाँदा सुजन थापाको पनि चर्चा बढेको थियो । निर्देशक पाण्डेले दावी गरेरै भन्छन्, –‘सुजन नेपालको एक नम्वर वाल कलाकार हो ।’ अभिनय निकै राम्रो गर्न जानेकोले अर्को चलचित्रसमेत अभिनय गर्न लागेको उनले बताए । चलचित्र रिलिज केही दिनमै हुने भएकाले मन्जरी युनिटसँगै भएपनि सुजन वुवा र दोस्री आमाको साथमा छन् ।
अध्यक्ष खड्कालाई बुटवलमा सम्मान
बुटवल । नेपाल चलचित्र कलाकार संघ पश्चिमाञ्चल कार्यालय रूपन्देहीले एक कार्यक्रमका बीच नवनिर्वाचित अध्यÔ नवल
खड्कालाई सम्मान गरेको छ । कार्यक्रममा बोल्दै अध्यÔ खडकाले कलाकारको हक, हित र सहयोगमा आफूले हरेक कार्य अगाडि बढाएको जानकारी गराउनुभयो । ‘कलाकारहरूका धेरै समस्याहरू छन्’, अध्यक्ष खड्काले भन्नुभयो– ‘कलाकारहरूका समस्या समाधानका लागि बारम्बार सरकारसमक्ष माग राखिरहेका छौँ ।’ यसैगरी स्थानीय कलाकार उत्पादन र Ôमता विकासको लागि पाँच विकास Ôेत्रमा शाखा खोल्ने काम भएको बताउनुभयो । भीमदत्त पन्तको जीवनीमा आधारित चलचित्र ‘भीमदत्त’ को लोकेशनका लागि पश्चिमका विभिन्न क्षेत्रको अवलोकन गरी बुटवल आउनुभएका उहाँलाई चलचित्र कलाकार सघं केन्द्रीय सदस्य तथा पश्चिमाञ्चल संयोजक मनोज श्रेष्ठले खादा ओढाइ सम्मान गर्नुभएको थियो । यसैबीच, संघमा नवप्रवेशी सदस्य कलाकार मुरलीधर कसौधन र रामकुमार रणपाललाई पनि अध्यक्ष खड्काले खादा ओढाई स्वागत गर्नुभयो । चलचित्र कलाकार संघ पश्चिमाञ्चल संयोजक मनोज श्रेष्ठको अध्यक्षता, सदस्य मुरलीप्रसाद कसौधनको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रमको संचालन रमेश बिसीले गर्नुभएको थियो । कार्यक्रममा भीमदत्त चलचित्रका निर्देशक हिम ग्याप टासी, कलाकार मुरली पुडासैनी, चलचित्र लेखक शिवम अधिकारीलगायतको अतिथ्यता रहेको थियो ।
रमाइलो साँझको तयारी
बुटवल, १७ चैत (दैपस)– नयाँ वर्ष २०७० को अवसरमा रूपन्देहीको ड्राइभरटोलमा रमाइलो साँझ हुने भएको छ ।
रमाइलो साँझको तयारी अन्तिम चरणमा पुगेको आयोजकहरूले जनाएका छन् । लेकाली खेलकुद तथा सांगीतिक मञ्च शंकरनगरले आयोजना गरेको कार्यक्रमको तयारी तीव्र पारिएको छ । युवाहरूलाई संगठित बनाउँदै खेलकुद र गीतसंगीतको माध्यमबाट व्यक्तित्व विकासमा टेवा पु¥याउने उद्देश्य राखेको मञ्चले नयाँ वर्षको अवसर पारेर वैशाख १ गते ड्राइभरटोल चोकमा शुभकामना आदान प्रदानसहित रमाइलो साँझको आयोजना गरेको हो । कार्यक्रममा राजु परियार, सपना गाहा, लक्ष्मण खड्का, धनबहादुर गुरुङ, नवोदित गायिका आकाङ्क्षा बस्याल, एञ्जिला रेग्मी, नारायण सारुलगायतका कलाकारहरूको प्रस्तुति रहने जनाइएको छ ।
त्यस्तै नृत्य तथा हास्यव्यङ्ग्यका साथै आस्था कलाकेन्द्रका कलाकारहरूको पनि प्रस्तुति रहने आयोजक संस्था लेकाली खेलकुद तथा सांगीतिक मञ्च शंकरनगरका संयोजक तिलक नेपालीले जानकारी दिनुभएको छ । द राइजिङ युथ ड्राइभरटोलको सहआयोजनामा हुने कार्यक्रममा गणेश इँटा कम्हरियाले मुख्य प्रायोजन गरेको छ भने चौधरी फुड प्रोडक्ट टिकुलिगढ, अमोल मार्बल भलबारीलगायत अन्य विभिन्न संघसंस्था तथा व्यक्तिहरूले सहयोग गरेको आयोजकको भनाइ छ । युवाहरूलाई श्रृजनात्मक काममा प्रेरित गर्नका लागि आगामी दिनमा पनि विभिन्न खेलकुद प्रतियोगिताको आयोजना गर्ने योजना बनाएको संयोजक नेपालीले जानकारी दिनुभयो । मञ्चले युवाहरूलाई ब्यस्त बनाउँदै कुलतको बाटोबाट टाढै राख्ने लक्ष्य राखेको छ ।
हरिवंशले चिना हराएको पुस्तक ल्याउने
काठमाडौं । हास्यव्यंग्य कलाकार, अभिनेता एवं गायकको रूपमा परिचित हरिवंश आचार्य अब अर्को रूपबाट पनि चिनिँदै हुनुहुन्छ । आफ्नो जीवन भोगाइका कथाव्यथा समेटेर उहाँले पुस्तक निकाल्न लाग्नुभएको हो । पुस्तकको रूपरेखा तयार भैसकेकाले छिटै बजारमा ल्याउने तयारी छ ।
फाइनप्रिन्टको प्रकाशनमा आचार्यको ‘चिना हराएको मान्छे’ नामक आत्मकथा यही महिनाको अन्त्यसम्म बजारमा ल्याउने तयारी छ । फाइनप्रिन्टले बिहीबार ललितपुरमा पत्रकार सम्मेलन गरी चैत महिनाको अन्त्यसम्म पुस्तक बजारमा आउने जानकारी दिएको हो । ‘२०६९ सालको अन्त्यमा निक्लने यो पुस्तक बिगेस्ट बुक अफ द इयर हुनेछ भन्ने हाम्रो विश्वास छ’, फाइनप्रिन्टका अजित बरालले बताउनुभयो ।
इशानी बनिन् ‘मिस नेपाल २०१३’
काठमाडौं । यो बर्Èको ‘मिस नेपाल’ को उपाधि इशानी श्रेष्ठले जितेकी छन् । प्रतिस्पर्धामा सहभागी अन्य १७ प्रतिस्पर्धीलाई उछिन्दै उनले सन् २०१३ को ‘मिस नेपाल’ को उपाधि जितेकी हुन् ।
उनलाई ‘मिस नेपाल’ २०१२ को विजेता श्रृष्टी श्रेष्ठले क्राउन लगाइदिएकी थिइन् । ‘मिस नेपाल’ को उपाधीसँगै उनले नगद ५० हजार पुरस्कार र विभिन्न गिफ्ट ह्याम्पर जितेकी छन् । उनी यसबर्È आयोजना हुने ‘मिस वल्र्ड’ मा सहभागी हुनेछन् । प्रमुख निर्णायक तिर्थमान शाक्यले सोधेको ‘तपाई एकल परिवार रुचाउनुहुन्छ या संयुक्त र किन’ भन्ने प्रश्नमा जवाफ दिएर उनले ‘मिस नेपाल’ को ताज जितेकी हुन् । यस्तै यो बर्Èको ‘मिस नेपाल अर्थ’ को उपाधी रोजिशा शाहीले जितेकी छन् । उनलाई गत बर्Èको ‘मिस नेपाल अर्थ’ को विजेता नग्मा श्रेष्ठले क्राउन लगाइदिएकी थिइन् । उनले उपाधिसँगै ३५ हजार नगद पुरस्कार र विभिन्न गिफ्ट ह्याम्पर जितेकी छन् । उनी यसैबर्È आयोजना हुने ‘मिस अर्थ’ मा सहभागी हुनेछन् ।
यो बर्Èको ‘मिस नेपाल इन्टरनेशनल’ को उपाधि काठमाडौंकी श्रृतिमा शाहको पोल्टामा गएको छ । उनलाई गत बर्Èको ‘मिस नेपाल इन्टरनेशनल’ को विजेता शुभेच्छा खड्काले क्राउन लगाइदिएकी थिइन् । नगद २५ हजारसहित उनी ‘मिस इन्टरनेशनल’ मा सहभागी हुन पाउँनेछन् । यस्तै मिस व्युटिफुल स्माइलको उपाधि रिचु श्रेष्ठ, मिस ट्यालेन्टको उपाधि सिपोरा गुरुङ, मिस पब्लिक च्वाइसको उपाधि अश्मिता सिटौलाको उपाधि जितेका छन् ।
‘द हिडन ट्रेजर’ ले आयोजना गरेको मिस नेपालको यो १९ औ संकरण हो । कार्यक्रममा बोल्दै मिस नेपाल २०१२ को विजेता श्रृष्टी श्रेष्ठले यो ब्यूटी प्याजेन्टमा भाग लिएर आफूले धेरै कुरा सिकेको बताइन् । उनले साथ र सहयोग पाएकोमा सबैलाई धन्यवाद पनि दिइन् । यो बर्Èको मिस नेपालमा मालती शाह, मलिना जोशी, बलबहादुर कुँबर, सरोसी शेरचन, सलमान रतिफ, रिमा विश्वकर्मा, चारु मनहोत्रा, राजेन्द्र शलभ, अनुपबहादुर मगर, राजेन्द्र शलफ निर्णायकको रूपमा रहेका थिए । पहिलो चरणमा १८ जना प्रतिस्पर्धीबाट उनीहरूको परिचय, प्रिजजिङको आधारमा उत्कृष्ट १० को छनोट गरिएको थियो । उत्कृष्ट १० मा पर्न सफल प्रतिस्पर्धीहरूलाई निर्णायकले सोधेको प्रश्नको जवाफको आधारका अन्तिम ५ छनोट गरिएको थियो ।
महानायक हमालको प्रेमिकाको तस्वीर सार्वजनिक
विवाह चाँडै हुने हमाल निकटको भनाई
दैनिक पत्र संवाददाता
बुटवल ।
नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको विहे कहिले भन्ने प्रश्नमा हमालले सधैजसो भन्दै आएका थिए प्रेमिका छिन् उनैसँग विहे हुन्छ । तर आफ्नी प्रेमिकाको बारेमा कुनैपनि कुरा सार्वजनिक नगरेका हमालकी प्रेमिकाको तस्वीरसहित प्रेमिकाको वारेमा सार्वजनिक भएको छ । विगत ७ बर्Èदेखि लुकाएर राखिएकी विराटनगर निवासी मधुले विभिन्न खालका व्युटी प्याजेन्टमा भाग लिएकी छन् । उनले सन् २००२ मा आयोजना गरिएको ‘मेघा मोडल कन्टेष्ट’ र सन् २००४ मा आयोजना गरिएको ‘लक्स व्युटी स्टार’ मा भाग लिएकी थिइन् । विराटनगरकी मधु भट्टराई र नायक राजेश हमालको भेट ‘लक्स व्युटी स्टार’ मा भएको थियो ।
सन् २००४ मा आयोजना गरिएको यो कन्टेष्टमा हमाल प्रमुख निर्णायकको रूपमा पुगेका थिए । मधुले विभिन्न चरणमा देखाएको प्रस्तुतीले हमाल प्रभावित भएको स्वयम महानायक हमालले केही महिनाअघि दैनिक पत्रले लिएको अन्र्तवार्तामा समेत भनेका थिए । सो प्रतियोगितामा मधुले फस्ट रनरअपको ताज जितेकी थिइन् । कार्यक्रम सकिएलगत्तै हमाल र मधुको भेट भएको र सामान्य कुराकानी गरेर हिंडेका थिए । त्यहाँ भएको छोटो भेटमा हमालले मधुलाई आफ्नो भिजिटिङ कार्ड दिएको बताइएको छ । यसपछि मधु र हमालको इमेलमा कुरा हुन थाल्यो । यसको डेढ बर्Èपछि मधुले हमाललाई प्रेम प्रस्ताव राखेको श्रोतल बताएको छ ।
मधुले राखेको प्रेम प्रस्तावलाई हमालले तत्काल स्वीकार नगरेपनि इमेलमा वार्तालाप भने चल्दै थियो । मधुको प्रेम प्रस्ताव पश्चात हमालले उनलाई बारम्बार भेट पनि गरेका थिए । मधुले प्रेम प्रस्ताव राखेको करिब ६ महिनापछि हमालले उनको प्रेमलाई स्वीकार गरेका थिए । जुन प्रेम अहिले ६ वर्षको भएको बुझिएको छ ।
५ फिट ६ इन्च अग्ली विराटनगर निवासी मधु धनु राशीकी हुन् भने उनको एक दिदी छिन् । मधुको वुवाको २ बर्È अघि निधन भैसकेको थियो भने हाल स्नातकको पढाइ सकेर बसेकी उनी लाजिम्पाटमा बस्दै आएको बताइएको छ । सञ्चारमाध्यममा आएको जानकारी अनुसार महानायक हमालले नै मधुलाई फ्ल्याटमा राखेका छन् । मधु हाल कुनै पनि काममा आवद्ध छैनन् ।
मधुको परिवार पनि हमालस“ग बिहेका लागि राजी भैसकेकोले चाँडै बिहे हुने हमाल निकट श्रोतले जनाएको छ । हमाल मधुस“ग नजिक र आकर्Èित हुनुको मुख्य कारण मधुको बोलीचाली र सोचाइ हो । ‘मधु आम केटीहरूको भन्दा फरक र उनको सोचाई अन्य युवतीभन्दा धेरै माथिको भएको कारण आफू उनीप्रति आकर्षित बनेको महानायक हमालले अन्र्तवार्तामा भनेका थिए ।
उता महानायक हमालले अबको केही वर्षभित्र नै विवाह हुने बताइरहेका वेला हमाल निकट श्रोतले भने चाँडै नै विवाह हुने संकेत देखिएको बताएका छन् । सञ्चारमाध्यममा नआउँदासम्म ठ्याक्कै विवाह हुन्छ भन्ने समय सार्वजनिक थिएन अब हुने संभावना बढेको छ, हमाल निकटको श्रोतले वतायो ।
‘हु विल वि अ गोर्खा’ चैत २ गते रिलिज
बुटवल । शून्यता फिल्मस् प्रोडक्सन तथा गोन्जाजुको निर्माणमा तयार भएको डकुमेन्ट्र चलचित्र ‘हु विल अ वि गोर्खा’ अर्थात् ‘को बन्छ लाहुरे’ आउँदो चैत २ गतेदेखि अल नेपाल रिलिज हुने भएको छ । चलचित्रको प्रमोसनका लागि बुटवल आएका डकुमेन्ट्री चलचित्र युनिटले वास्तविक कथालाई फिल्ममा राम्रोसँग देखाइएको र दर्शकहरूले अत्यन्तै मन पराइदिने आशा राखे ।
चलचित्र कलाकार संघ पश्चिमाञ्चल शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उक्त चलचित्रका प्रस्तुतकर्ता राजेश गोङ्गजुले रूपन्देहीको पक्लिहवाको ६० वर्षअघिको फुटेज पनि उक्त डकुमेन्ट्रीमा समावेश गरिएको बताउनुभयो । डकुमेन्ट्रीलाई सामान्यतया गम्भीर र पट्यारलाग्दो मान्ने चलन छ’, उक्त डकुमेन्ट्रका निर्देशक केसाङ छेतेनले भने– ‘कुनैकुनै वेला यस्तो सोचाइ सत्य पनि ठहरिन सक्छ तर अकाट्य कुरा के हो भने कथा सम्प्रेषण र सिनेमेटिक प्रयोगका लागि डकुमेन्ट्री पनि ठूलो सम्भावना बोकेको एउटा अद्भूत माध्यम हो ।’ उक्त डकुमेन्ट्री चलचित्रलाई सन्डान्स इन्टिच्युट, इन्टरनेशनल फिल्म फेस्टिवल अफ अम्स्टरडम र बुसान ईन्टरनेशनल फिल्म फेस्टीवल लगायतले आर्थिक सहयोग गरेका थिए । ‘अहिलेसम्म आफ्नै एकल सहभागितामा काम गरिरहेको मैले यस फिल्ममा विदेशी साझेदारसँग काम गर्दा चुनौतीपूर्ण, आकर्षक र फरक अनुभव हासिल गरेँ’, निर्देशक छेतेनले सुनाए । खासगरी पोखराको ब्रिटिस गोर्खा क्याम्पमा हुने छनोट प्रक्रिया नै डकुमेन्ट्रीको विषयवस्तु रहेको फिल्मका प्रस्तुतकर्ता राजेश गोङगजुले बताउनुभयो । गत मंसिरमा अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव )किम्फमा उक्त चलचित्रले प्रतिस्पर्धामा पहिलो स्थान हासिल गर्नुका साथै दर्शक छनौट पुरस्कार पनि जितेको उहाँको भनाइ छ । नेपालमा गुणस्तरीय फिल्मको निर्माण र प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको गोंगजु फिल्मस् प्राइभेट लिमिटेडको प्रस्तुति र डिसिएनको वितरणमा छेतेनको डकुमेन्ट्री रिलिज हुन लागेको हो ।
बन्दको असर सिनेमामा पनि
बुटवल । नेकपा माओवादीलगायत विभिन्न ४ दलले बुधबार आह्वान गरेको नेपाल बन्दको मारमा सिनेमा क्षेत्र पनि परेको छ ।
बन्दले गर्दा छायांकन भइरहेका चलचित्रहरू छायांकन हुन सकेनन् भने रिलिजमा आएका चलचित्रहरू हल बन्दको कारण प्रदर्शन हुन सकेनन् । एक दिन नेपाल बन्द भयो भने सिनेमा क्षेत्रलाई नराम्रो धक्का लाग्ने गर्छ । त्यस्तै छायांकनमा रहेका सिनेमाका निर्माताको पनि लाख घाटामा जान्छ । बुधबारको बन्दका कारण हलहरू संचालनमा नआउँदा चलचित्र ‘समय’ लाई नराम्रो धक्का लागेको छ । शुक्रबारदेखि सोलो प्रदर्शनमा आएको सिनेमालाई बुधबारको बन्दले लगानी उठाउन धांै धौं होलाजस्तो देखिएको छ । एक दिन हल बन्द हुँदा निर्माताले लाखौं रुपैयाँ गुमाउनु पर्छ । शुक्रबारदेखि नयाँ तीन सिनेमा आउने भएकाले पनि ‘समय’ लाई बन्दका कारण लगानी उठाउन धौं धौं पर्ने देखिएको हो । बन्दका कारण छायांकनमा रहेका चलचित्रहरू पनि प्रभावित बनेका छन् । वसन्त निरौलाको निर्देशनमा तयार भइरहेको चलचित्र ‘राजनीति’, ऋÈि न्यौपानको निर्देशनमा तयार भइरहेको चलचित्र ‘तनाब’, दयाराम दाहालको निर्देशनमा छायांकन भइरहेको चलचित्र ‘दबाब’ को छायांकन प्रभावित भएको छ ।
तर इनडोर छायांकन भइरहेका सिनेमालाई भने खासै फरक नपरेको देखिन्छ । सुनिल रावलको निर्माणमा तयार भइरहेको चलचित्र ‘होस्टेल’, सम्झना रौनियारको निर्देशनमा तयार भइरहेको चलचित्र ‘मेघा’ को छायांकन भैरहेको छ । ‘होस्टेल’ को उपत्यका बाहिर र ‘मेघा’ को काठमाडौंमा इनडोर छायांकन भइरहेको निर्माण पक्षले जनाएको छ ।
चलचित्रको छायांकन बन्दका कारण रोक्नुपर्दा निर्माताले आफ्नो अनुमानित बजेट बढाउनुपर्ने हुन्छ । यस्तो खालको बन्दको कारण वर्षौदेखि नेपाली सिनेमा मारमा पर्नुपरेको छ ।
एक्स्ट्रा बनाउँदा गल्ती भएकै हो ः छड्के युनिट
बुटवल ः चलचित्र ‘छड्के’ रिलिजमा नआउँदैदेखि चर्चामा आएको थियो । जुन चलचित्र गत शुक्रबारदेखि प्रदर्शनमा आएको हो । सर्वाधिक चर्चित मानिएको फिल्म ‘लुट’ का सहायक निर्देशक निगम श्रेष्ठद्वारा निर्देशन, सौगात मल्ल, दयाहाङ राई, अर्पण थापा, रविन तामाङ र नम्रता श्रेष्ठलगायतका चर्चित कलाकारहरूको अभिनय रहेको कारणले पनि रिलिजमा नआउँदै उक्त चलचित्र चर्चित बन्न पुगेको थियो । तर चलचित्र हेर्नका लागि हलहरूमा दर्शकहरू ओइरिए पनि सोचेजस्तो मनोरञ्जन नपाएपछि निराश बनेर फर्किए । दर्शकहरूलाई कौतूहलता लागेको कारण ‘छड्के’ हेर्न एकपटक जान बाध्य भए पनि चलचित्र हेरेका दर्शकहरूले सकारात्मक प्रतिक्रिया भने दिएका छैनन् । ‘छड्के’ हेर्न आतुर दर्शकहरूले चलचित्र हेरेपछि मात्रै थाहा पाए चलचित्र कस्तो रहेछ भनेर । आखिर किन यस्तो भयो त ? चलचित्रका निर्देशक निगम भन्छन्– ‘हामीहरूले चलचित्रलाई एक्स्ट्रा बनाउन खोज्दा केही टेक्निकल्ली मिस्टेक भएकै हो, हामी स्वीकार्छौं ।’ ‘छड्के’को संवाद, साउण्ड, प्रस्तुतीकरण र विभिन्न कुराहरू चलचित्र एकपटक हेरेर बुझ्न गाह्रो हुन्छ । ‘छड्के’का केही कलाकारहरूले अभिनय गरेको दृश्य झ्याउ नै लाग्दो छ । देखाउनुपर्ने दृश्यलाई कम देखाइएको छ भने अनावश्यक दृश्य बढी देखाइएको जस्तो लाग्छ चलचित्रमा ।
विदेशबाट फर्किएका रोशन कँुवर (निकुन श्रेष्ठ) र समिर ताम्राकार (सौगात मल्ल) गाडीमा सँगै यात्रा गर्दै चितवनतिर लाग्छन् । रोशनको घर चितवनमै हो भने समिर केवल जंगल सखाप पार्ने वनमारा झारको स्टडी गर्न गएको हुन्छ । रोशन चितवन जानेवित्तिकै योगेद्रलगायतका साथीहरू लफङ्गिन थालेका हुन्छन् । चितवनमा भने छेवाङ लामा (रविन तामाङ) र उसका ग्याङ सोली (नम्रता श्रेष्ठ), बोक्सी (अर्पण थापा), भोटे (दयाहाङ राई) लगायतले आफ्नो अड्डा बनाइसकेका हुन्छन । उक्त अड्डाको काम भनेको लागूपदार्थ र गैंडाको खागको व्यापार गर्नु हो । गैंडाको खागको तस्करीका लागि चितवनको जंगलमा पसेका बोक्सी र सहयोगीले समीरलाई सुराकी ठानेर मरनासन्न तरिकाले आक्रमण गरेर हिंड्छन । त्यस्तै सरोजमणि पन्त नामको नेताले राजनीतिज्ञको रूपमा काम गरिरहेको हुन्छ । कुनै समय छेवाङ लामाको बाइकले रोशनको दाइ सरोजमणिको पार्टीका कार्यकर्तालाई ठक्कर दिएलगत्तै अस्पताल लगिन्छ । छेवाङका केटाहरू अस्पतालमै पुगेर मिल्न भन्छन् । त्यसपछि रोशन, योगेन्द्र तथा बिन्दुलाई सरोजमणिले ३० लाख क्यास दिएर २० लाख पछि दिने भनी छेवाङ लामालाई मार्न लगाउ“छ । एक कार्यक्रममा छेवाङले मन्तव्य राख्दै गर्दा पछि कार्यक्रममा उपस्थित रहेका रोशन, बिन्दु र योगेन्द्रको गु्रपले स्टेजमा रहेका उनको गोली हानी हत्या गर्छन् । यद्यपि उनका अन्य सहयोगीलाई प्रहरीले पक्रिन्छ ।
चलचित्र छड्केको सुरुवाती कथावस्तु थियो यो । समग्ररूपमा फिल्मको कथालाई हेर्दा केही नयाँपन र सन्देशमूलक छ तर चलचित्रको कथा दर्शकहरूले यसरी बुझ्न सक्दैनन्, कारण भनेको कथा स्पष्ट र सरलरुपमा अगाडि बढ्न नसक्नु हो । चलचित्र सन्देशमूलक बनाउन खोज्दै गर्दा दर्शकहरूलाई डकुमेन्ट्री जस्तो त लागेन ? ‘चलचित्रका मुख्य रोलमै अभिनय गरेका दयाहाङ राई भन्छन्– ‘त्यस्तो भएको जस्तो त मलाई लाग्दैन तर केही कुरामा कमी भएकै हो ।’ उनले इको सिस्टमको बारेमा जानकारी दिने उद्देश्यले र वनजंगललाई माया गर्नुपर्छ र वनका जन्तुहरूलाई जोगाउनुपर्छ भन्ने भाव ‘छड्के’ले दिन खोजेको बताए । ‘चलचित्रमा मनोरन्जन अलि कम नै छ सन्देशका तुलनामा’, उनले भने । यद्यपि पछिल्लो समय रिलिजमा आएका अन्य चलचित्रको तुलनामा ‘छड्के’ले चलचित्र क्षेत्रको हाइटलाई केही माथि उठाउन चाहिँ सफल भएको मान्न सकिन्छ ।
रेजिनाले भनिन् ‘प्रपोज गर्दा हुन्छ’
विहेको उमेर भएपछि नायिका रेजिना उप्रेतीले खुलेरै आफ्नो हात माग्न सबैलाई आग्रह गरेकी छिन् । उनले भनिन्– ‘यदि कसैले मलाई मन पराउनुहुन्छ, मलाई माया गर्नुहुन्छ भने मेरो परिवारसँग खुलेरै कुरा गर्दा हुन्छ, डराउनु पर्दैन ।’ उनले आफूले लण्डन पुगेर बिहे नगरेको स्पष्ट पारेकी छन् । तर रेजिनाको स्पष्टीकरण ‘चोरको खुट्टा काट’भन्दा वास्तविक चोरले खुट्टा तानेजस्तै भयो ।
पत्रकारहरूले कुनै पनि प्रश्न नसोध्दै रेजिनाले भनिन्, ‘मैले लण्डनमा पुगेर खुसुक्क बिहे गरेकी छैन ।’ उनले आफू विदेश पलायन हुने केटी नभएको दाबी गरिन् । उनले आफ्नो बिहेको खुसी सम्पूर्ण आफन्त र परिवारसँग साट्ने बताइन् । ‘म मेरो बिहेको कार्यक्रम हैसियतले भ्याएसम्म गर्छु’, उनले भनिन् । लण्डनमा रहेका आफ्ना प्रेमीसँग रोमान्स गरिरहेको खबर बाहिर आएपछि रेजिनाले खुलेरै आफूलाई बिहेको प्रस्ताव राख्न आग्रह गरेकी हुन् । अब हेरांै, रेजिनाको यो प्रस्तावलाई स्वीकारेर कति युवाहरू उनको घरमा पुग्ने हुन् ।
किन असफल भैरहेका छन् नेपाली चलचित्र ?
रामजी ज्ञवाली
बुटवल ।
नेपालमा चलचित्र निर्माण गर्ने क्रम दिनप्रतिदिन बढिरहेको छ । चलचित्र निर्माण संख्यामा महिनैपिच्छे वृद्धि भए पनि चलचित्रको व्यवसाय भने झन्पछि झन् ओरालो लाग्दो छ । प्राविधिकरूपमा नेपालमा चलचित्र सवल बने पनि अझ गुणस्तरीय चलचित्र निर्माण हुन नसकेको पाइन्छ ।
पुरानो धारमा चलचित्र निर्माणको बाटो छाड्न नसक्नु, एउटै कथावस्तु र शैलीमा चलचित्र निर्माण हुनु, एकै मितिमा धेरै चलचित्र जुध्नु र समयानुकूल चलचित्रको रिलिज गर्न नसक्नुलगायतका कारणले पनि चलचित्रहरूले सफलता हासिल गर्न नसकेका हुन् । यिनै समस्याहरू नै चलचित्र उद्योग विकासको लागि बाधक बनिरहेका छन् ।
जसले गर्दा लाखौँ रूपैयाँ खर्चिएर निर्माण गरिएका नेपाली चलचित्रहरू धरासायी बन्दै गएका छन् । यस्तो अवस्थामा चलचित्र निर्माताहरू रिलिजबाट लगानी उठ्न नसकेपछि विभिन्न योजनाअनुसार लगानी उठाउने ध्याउन्नमा हुन्छन् । उनीहरूले प्रत्यक्षरूपमा चलचित्रको लगानी उठाउन खोज्दैनन् कि अप्रत्यक्ष र विभिन्न ठाउँमा सहयोग गर्ने वहानामा चलचित्रमा लगाइएको लगानी उठाउन खोज्ने गरेको पाइएको छ । लगानी ठुलै लगाएर पनि व्यावसायिकरूपमा असफलता पाएको चलचित्र ‘धुवाँ यो नशा’ मा समावेश कथावस्तु सन्देशमूलक छ तर सफल भएन । निर्माता रामप्रसाद रिजालले उक्त चलचित्रमा ७४ लाख लगानी गरेका थिए । अल नेपाल रिलिज भएको उक्त चलचित्र हलहरूमा धेरै दिन टिक्न पनि सकेन आम्दानी पनि ३० लाख मात्रै ग¥यो ।
८ लाख पारिश्रमिक दिई आर्यन सिग्देललाई चलचित्रमा अभिनय गराइए पनि चलचित्र सफल हुन सकेन । यद्यपि आर्यनको कथावस्तुले विशेषगरी युवावर्गलाई तान्नुपर्ने हो तर त्यस्तो भएन ।
‘दशंैको वेलामा भएको कारण यस्तो भएको हो,’ निर्माता रामप्रसाद रिजालले दैनिक पत्रसँगको कुराकानीमा भने, ‘लगानी डुवे पनि आगामी दिनमा बनाउन छाड्दैन ।’ कुनै पनि चलचित्रको लगानी उठ्नुमा त्यसको रिलीज हुने समयले पनि भर पर्छ भन्छन् उनी । अहिले निर्माता रिजाल चलचित्र ‘धुवाँ यो नशा’को च्यारिटी शोको लागि व्यस्त छन् । आउँदो २५ गतेदेखि २९ गतेसम्म ५ दिन बुटवलमा च्यारिटी शो हँुदै छ । रूपन्देहीको देवदहमा रहेको मायादेवी अनाथ आश्रममा सहयोग गर्ने भनी चलचित्रको च्यारीटी शोको आयोजना गरिएको चलचित्रका निर्माता रिजाल बताउँछन् ।
बुटवलको मिलन हलमा च्यारिटी शो हुँदै गरेको उक्त चलचित्रका लागि नायक आर्यन, निशा अधिकारी, निर्माता रिजाललगायत आउँदो १६ गतेदेखि १८ गतेसम्म यहाँका विभिन्न क्याम्पसमा भेटघाट र टिकट बिक्रीका लागि आउँदै छन् ।
नायक नायिकाहरू कलेज कलेज पुगेर ‘धुँवा यो नशा’को बारेमा विद्यार्थीहरूसँग कुराकानी गर्नेछन् भने चलचित्र टिम २० गतेदेखि २४ गतेसम्म टिकट बिक्रीका लागी
हिंड्नेछन् । किन यस्तो किसिमले च्यारीटी शोको आयोजना गरिँदै छ त ? रिजालको भनाइलाई राम्रोसँग बुझ्ने हो भने च्यारीटी शोको आयोजना गरिएको मूल कारण नै च्यारीटी शोबाट उठेको रकमले चलचित्रमा लगाइएको लगानी उठाउनु हो ।
उनका अनुसार चलचित्रमा लगाइएको ७४ लाख लगानीमध्येको २० लाख रूपैयाँ च्यारीटीशोका लागी छुट्टाईएको हो । चलचित्रले रिलीजवाट मात्रै लगानी उठाउन नसकेपछि च्यारीटी शोबाट पनि रकम उठाउने योजना बुनेको छ ।
चलचित्र ‘धुवाँ यो नशा’ मात्रै हैन लाखौँ लगानी खर्चिएर पनि सोचेजस्तो प्रतिफल प्राप्त गर्न नसकेका धेरै चलचित्रहरू छन् नेपालमा । चलचित्र विकास बोर्डका अध्यक्ष धर्मेन्द्र मरवैता(पप्पु)ले भने ेपालमा चलचित्र निर्माणको क्रम बढे पनि व्यवसायीक रूपमा सफलता प्राप्त गर्न नसकेको स्विकारे । उनले निर्माण बढीभन्दा पनि कसरी राम्रो बनाउने भन्नेतिर लाग्ने हो भने चलचित्रले सफलता हासिल गर्ने बताए ।
नेपालमा चलचित्र निर्माणको क्रममा सबैभन्दा पहिले दर्शकको मन जितेको र व्यवसायिकरूपमा सफलता प्राप्त गरेको चलचित्र ‘बलिदान’ हो भने पछिल्लो समय सफलता प्राप्त गरेको चलचित्र ‘सायद’ हो । त्यसपछिका कुनै पनि चलचित्रले न त दर्शकको मन नै जित्न सके नत व्यवसायिकरूपमा सफलता प्राप्त गरेका छन् । नेपालमा बकम्फुसे चलचित्र बनाएर विशेष चलचित्रको नाम हात पार्न खोज्नेको जमात पनि ठुलै नै छ । हुन त आआफ्नो गोरुको बाह्रै टक्का भनेजस्तै सबै लगानीकर्ता र निर्देशकलाई आफ्नो चलचित्र फरक र विशेष लाग्छ । तर पनि कस्तो चलचित्रलाई विशेष भन्ने कुरा नै अलमलमा छ ।
सोझो रूपमा भन्ने हो भने जुन चलचित्रले दर्शकलाई हलमा तानेको छ त्यसलाई नै विशेष र व्यवसायीक रूपमा सफलता हासिल गरेको चलचित्र मानिन्छ । नेपालमा निर्माण भएका अधिकांश चलचित्रहरू असफल हुनुमा दर्शकको चाहनाअनुसार चलचित्र नबन्नु, अश्लील चलचित्र निर्माण क्रम बढ्नु, चलचित्रमा एकैधार हुनु, कलाकारहरूको अभिनय क्षमता स्तरिय नहुनुलगायतका कारण बढी चर्चामा आउने गरेका छन् ।
त्यस्तै पछिल्लो समय धेरै जसो चलचित्र निर्माण क्रम अश्लील दृश्य र संवादतिर गएका कारण पनि यस्तो भएको हो । जे भए पनि आगामी समयमा दर्शकका चाहनाअनुसार चलचित्रको निर्माण होस् । त्यस्तै खालका चलचित्रहरु हेर्न पाइयोस् कामना छ ।
