कार कम्पनीको उपाधि टोयोटालाई

टोकियो, ११ साउन – जापानको विश्व प्रसिद्ध कार उत्पादक कम्पनी टोयोटाले यस आर्थिक वर्षको पहिलो चौमासिकमा मुनाफा गरेको जापानी सञ्चारमाध्यमहरूले समाचारमा जनाएका छन् ।
यसअघि गतवर्षदेखि नै विश्वव्यापी रूपमा नै पछिपरेको भनिएको सो कम्पनीले यस चौमासिकमा करिब ५० लाख कार बिक्री गरेको बताइएको छ ।
सो कम्पनीका ब्रान्डहरू दायत्सु, लेक्सस र हिनोसमेतले गरी यो अवधिमा सबैभन्दा बढी अथवा चार लाख ९७ हजार कार बिक्री गरेका सो कम्पनीले बिहीबार प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।
सो कम्पनीले उपलब्ध गराएको तथ्याङ्कअनुसार गतवर्षको यही अवधिको तुलनामा यसपटक भने करिब ३४ प्रतिशत बढी कार बिक्री गरेको हो । सन् २००८ देखि २०१० सम्म विश्वको सबैभन्दा ठूलो कार उत्पादक एवम् बिक्री वितरण गर्ने कम्पनीका रूपमा रही आएको थियो । तर गतवर्ष सो कम्पनीले उक्त स्थान गुमाउन पुगेको थियो ।
सन् २०११ को मार्च ११ मा जापानमा आएको सुनामी र भूकम्पका कारण जापानले निकै ठूलो आर्थिक क्षति व्यहोरेको थियो । सोही कारणले जापानको यो विश्वकै सबैभन्दा ठूलो कार कम्पनीको उत्पादन र बिक्री वितरण पनि प्रभावित भएका थिए । यसका कारण सो कम्पनीका जापान बाहिरका उत्पादन पनि प्रभावित भएका थिए ।
गत वर्षको तथ्याङ्कअनुसार विश्वको सबैभन्दा ठूलो कार कम्पनीको उपाधि पाएको जनरल मोटर कम्पनीले करिब ९० लाख कार उत्पादन गरेको थियो । त्यसपछिको अर्काे कम्पनी जर्मनीको भोल्कागेन कम्पनीले करिब ८० लाख कार उत्पान गरेको थियो ।
सो कम्पनी विश्वको सबैभन्दा बढी कार उत्पादन गर्ने दोस्रो ठूलो कम्पनीका रूपमा रहेको थियो । टोयोटा कम्पनीले यसवर्ष सन् २०१२ मा करिब ९० लाख ५८ हजार कार उत्पादन र बिक्री वितरण गर्ने लक्ष राखेको बताएको छ ।
तर सो कम्पनीका अनुसार यो पूरै वर्षसम्ममा वर्तमान अवस्था नै कायम रहनेमा निश्चितता नभएकोले लक्ष्य हासिल गर्ने बारेमा केही भन्न सकिने अवस्था नरहेको पनि बताएको छ । रासस÷एएफपी

Leave a Reply

test